सगरमाथामा २ जना आरोहीको निधन
सोलुखुम्बु-सगरमाथा आरोहण गर्न गएका २ विदेशी आरोही अब्दुल र लियूको निधन भएको आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्सले जनाएको छ।स्विजरल्याण्डका अब्दुल वाराइचको हिजो साउथ समिटको नजिकै निधन भएको थियो।
उहाँ थकाइले ग्रस्त हुनु भएको थियो ।आरोही अब्दुल सफलतापूर्वक शिखरमा पुग्नु भएको थियो । तर थकावटको समस्या सामना गर्न उहाँ बाध्य हुनुन्थ्यो । सेभेन समिट ट्रेक्सले दुई थप शेर्पाहरूलाई अक्सिजन र खाद्य पदार्थको साथ पठाएपनि दुर्भाग्यवश हाँलाई बचाउन नसकिएको स्पष्ट पारेको छ।
अर्का आरोही अमेरिकाका पुवे लिउले ७ हजार ९ सय मिटरको उचाँईमा रहेको चौथो शिविर साउथकोलमा अन्तिम सास लिनु भएको थियो। उहाँ हिलेरी स्टेपबाट उत्रिंदा उनमा हिउँ ब्लाइन्डनेस र थकान देखिएको थियो जसले अधिक घण्टा समय खपत गरेको थियो।
तर थप सहयोगको साथमा अक्सिजन आपूर्ति र अतिरिक्त शेर्पाका साथ सुरक्षित रुपमा बुधवार साँझ उहाँलाई साउथ लगिएपछि उहाँको निधन भएको थियो