Connect with us
Kapilvast Forest

नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताउनुभयो ।

‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ उहाँले भन्नुभयो । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिनुभएको छ ।

‘तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंदा पार्टी एकता जोगिन्छ,’ नेता रघुजी पन्तले भने ।तर जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव ल्याइएको हो भने त्यो मान्ने नहुने पन्त बताउँछन् । बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गनुृ भएको थियो ।

ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन। ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu