Connect with us
Kapilvast Forest

बर्दघाट नगरपालिकाले बनायो २० शय्याको एचडीयू केन्द्र

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

bed
प्रतिनिधिमुलक तस्विर

 नवलपरासी –बर्दघाट नगरपालिकाले कन्सन्ट्रेटर उपकरणसहितको २० शय्याको एचडीयू केन्द्र सञ्चालनमा ल्याएको छ ।जिल्लामा कोभिड संक्रमणको अवस्था भयावह बन्दै गएपछि नगरपालिकाले आफ्नै लगानीमा केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख धीरज शर्माले जानकारी दिनुभयो । अक्सिजनको अभावलाई पूर्ति गर्न केन्द्रमा ४ वटा कन्सन्ट्रेटर जडान गरिएको छ ।

जिल्लामा एउटा पनि एचडीयू केन्द्र नहुँदा उपचारका लागि भैरहवा, बुटवल र चितवन जानुपर्ने बाध्यता छ । शय्या अभाव भएर संक्रमितहरूले उपचार पाउन नसकेपछि नगरपालिकाले नयाँ भवन नै निर्माण गरेर एचडीयू केन्द्र सञ्चालन गरेको हो ।

केन्द्रमा अहिले गम्भीर प्रकृतिका बिरामीहरूको उपचार भइरहेको छ । एचडीयू केन्द्र बाहेक नगरपालिकाले शहीद स्मृति अस्पतालमा पनि १२ शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।कोभिडबाट जिल्लामा ५१ जनाको मृत्यु भइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu