Connect with us
Kapilvast Forest

विजयनगरको शिव मा .वि.ले कोरोना सम्वन्धी सचेतना फैलाउदै

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

 

शिवकुमार बेल्बासे ,कपिलवस्तु-कोरोना कहरको दोस्रो लहर देशमा पसेसँगै स्थिति भयावह बन्दै गइरहेको छ।दिनानुदिन कोरोना सङ्क्रमणबाट कयौं नेपालीले ज्यान गुमाउनु परेको छ।यस स्थितिबाट विद्यालय पनि अछुतो रहन सकेन त्यसैले नेपाल सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गर्यो ।

देशभर लकडाउन सुरु भयो कपिलवस्तु जिल्लाले पनि सरकारले भनेअनुसार मापदण्ड कुर्दै जाँदा वैशाख २१ गतेबाट ३१ गतेसम्म निषेधाज्ञा जारी गर्यो

तर स्थिति झन भयावह बन्दै गएपछि जेठ १० गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय भयो तर समुदायमा सङ्क्रमण झन बढ्न थालेपछि यसै स्थितिलाई मध्यनजर गर्दै विजयनगरगाउँपालिका ५ डालपुरमा अवस्थित शिव माध्यमिक विद्यालयका शिक्षकहरु सुरक्षाका स्वास्थ्य मापदण्ड पालना गर्दै अग्र पङ्तिमा खटिएर जनसमुदायमा कोरोना भाइरस (कोभिड १९ )को बारेमा जनचेतना फ‌ैलाउन थालेको छ।

जिल्लामा पूर्ण निषेधाज्ञा भए पनि शिक्षाको कमिले गर्दा गाउँघरमा मानिसहरु भिडभाड गर्ने स्वास्थ्यका मापदण्ड पालना नगर्ने गर्दा झन अवस्था चिन्ताजनक हुने आँकलन गरि विद्यालय यस अभियानमा सरिक भएको विद्यालयका प्रधानाध्यापक बालजी यादवले बताउनुभयो ।राज्यले पनि शिक्षकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएर फिल्डमा खटाउन सकेमा सदैव तत्पर हुने उहाँबताउनुभयो ।

प्रधानाध्यापक यादवले यस्तो महामारीको अवस्था सबै जना घरमै बसेर स्वास्थ्य मापदण्डलाई सम्पूर्ण सर्वसाधारणले पालना गरि सचेत भएमा केही रोकथाम गर्न सकिने बताउनुभयो । कोभिड बाट बच्ने उपाय लगायतका सचेतनामुलक पम्पलेट सहित जनचेतना फ‌ैलाउन थालेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu