Connect with us
Kapilvast Forest

हावाहुरीले रुख ढल्दा कैलालीमा एक महिलाको मृत्यु

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

corona

धनगढी- कैलालीमा हावाहुरीका कारण ढलेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । बुधबार साँझ आएको हावाहुरीले टीकापुर नगरपालिका–१ मा घरमाथि ढलेको रुखले च्यापिएर सोही ठाउँका ४० वर्षीय देउकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कच्ची घरमाथि ढलेको रुखले च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।

वर्षासँगै आएको हावाहुरीले जिल्लाका अन्य ठाउँमा पनि क्षति गरेकाले विवरण संकलनको काम भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu