Connect with us
Kapilvast Forest

देउवाको ब्रिफिङ :महन्थले सहयोग गर्न सक्दिनँ भने,’बहुमत नपुग्ने भो’

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौँ — बहुमतको सरकार गठनका लागि सक्रिय कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई भेटी सरकार गठनमा आफूलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । तर, ठाकुर र महतोले सहयोग गर्न नसकिने जवाफ दिएको उहाँले साँझ आफ्नै निवासमा बोलाएको पदाधिकारी बैठकमा ब्रिफिङ गर्नुभएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार ठाकुरले ओलीले आफ्नो पार्टीका माग पूरा गरिरहेकाले पनि आफूहरुले वैकल्पिक सरकार गठनमा सहयोग गर्न नसकिने बताउनु भएको हो । देउवासँग बैठक सकेलगत्तै ठाकुर महतोले आफ्नो पक्षका १३ सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुग्नु भएको थियो । उहाँहरु पक्षका दुई सांसद भने कोरोना संक्रमित हुनुन्छ ।

ठाकुर महतोसँगको वार्तापछि देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि वार्ता गर्नु भएको थियो । जसपाका उपेन्द्र यादव पक्ष भने कांग्रेस र माओवादीसँग मिलेर वैकल्पिक सरकार बनाउने पक्षमा छ । तर, जसपा एक ठाउँमा आउन नसक्ने भएपछि कांग्रेस र माओवादीले सरकार बनाउने सम्भावना टरेको निष्कर्षमा दुवै पार्टीका नेताहरु पुगेका छन् ।

संख्या नपुग्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले बहुमतिय सरकार गठनका लागि दावी नगर्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाउनु भएको थियो । सोही बैठकले संख्या नपुग्ने भएपछि दावी नगर्ने निर्णर्णय गरेको हो ।एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो ।

जसपा नेता जीतेन्द्र सोनलले पनि ठाकुर र महतोले देउवालाई वैकल्पिक सरकारमा आफूहरु सहभागी नहुने र सहयोग पनि गर्न नसक्ने बताएको जानकारी दिनु भयो । उहाँहरुले दुवै अध्यक्षको हस्ताक्षर बिना एकजनाको मात्रै हस्ताक्षरमा तपाईंले राष्ट्रपतिलाई पत्र बुझाउनु भयो भने त्यो मान्ने हुनेछैन भनेर पनि भन्नु भएको छ, सोनलले भन्नुभयो ।बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज राती ९ बजे सकिँदैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu