Connect with us
Kapilvast Forest

सर्लाहीमा प्रहरी र शिकारीबीच दोहोरो फायरिङ

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

सर्लाही – ईश्वरपुर नगरपालिका–४ सागरनाथ वनमा शिकारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ। जंगलमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय केशरगञ्ज र प्रहरी चौकी फुलजोरबाट गस्ती गर्दै गएको प्रहरी टोली र शिकारीबीच बिहीबार साँझ दोहोर भिडन्त भएको हो।

प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार प्रहरीलाई देख्ने बित्तिकै शिकारीहरुको समूहले भरुवा बन्दुकबाट फायरिङ गरेका थिए। लगत्तै प्रहरीले पनि आत्मरक्षाका लागि दुई राउण्ड फायरिङ गरेको प्रहरी निरीक्षक ढुंगानाले बताउनु भयो । घटनामा मानवीय क्षति भएको छैन।

घटनास्थलबाट शिकारीको समूहमध्येका ईश्वरपुर–४ का अन्दाजी ४५ वर्षीय रणबहादुर गोले पक्राउ परेका छन्। अन्य दुई÷तीनजना शिकारी भने भाग्न सफल भएका र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। सुरुमा एक थान भरुवा बन्दुक मात्रै भेटिए पनि पछि घटनास्थल आसपास खोजी गर्दै जाँदा थप दुई थान बन्दुक बरामद् भएको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनु भयो ।

घटनस्थलबाट भरुवा बन्दुकसँगै बारुद, फलामको केही काटी र एउटा मृत नीलगाई बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनु भयो । निषेधाज्ञा सुुरु भएसँगै बाँके, सागरनाथ, हिरापुर मूर्तिया, जानकीनगर र चुरेक्षेत्रका वन जंगलमा वन्यजन्तुको चोरी शिकारी बढेको स्थानियवासी बताउँछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu