Connect with us
Kapilvast Forest

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

चितवन-चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताउनु भयो । चालु आर्थिक वर्ष २०७७र७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिनु भएको छ ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताउनु भयो ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक÷एक जना रहेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जङ्गल क्षेत्रमा प्रवेश गर्नसमेत निकुञ्जले अपिल गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu