Connect with us
Kapilvast Forest

अब जनतालाई कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रीत गर्छौं:उपप्रधानमन्त्री पोखरेल

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताउनु भयो ।

‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरूको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’– सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भन्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान पनि गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu