Connect with us
Kapilvast Forest

अक्सिजनको सहज आपूर्तिमा ध्यान दिनुस् :नवनियुक्त गृहमन्त्री थापा

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई तेस्रो पटक गृह मन्त्रालयका बरिष्ठ अधिकारी तथा सुरक्षा अधिकारीहरुले स्वागत गर्नु भएको छ । शुक्रबार शीतल निवासमा शपथ खाएर बादलले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्नु भएको हो ।

मन्त्रालयमा ‘बादल’लाई गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले स्वागत गर्नु भएको हो । तीन वर्षको अवधिमा बादललाई तेस्रोपटक मन्त्रालयमा स्वागत गरिएको हो । ०७४ फागुन १४ मा बादल पहिलोपटक गृहमन्त्री नियुक्त भएर मन्त्रालयमा जानु भएको थियो ।

राष्ट्रियसभा सदस्यको पद गुमाएपछि उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ०७८ वैशाख ५ मा फेरि गृहमन्त्रीमा नियुक्त गर्नु भएको हो । शुक्रवार उहाँले तेस्रोपटक गृहमन्त्रीको रुपमा पदबहाली गर्नु भएको हो । पदबहाली गर्दै गृहमन्त्री बादलले सम्पुर्ण शक्ति कोभिड–१९ संक्रमणको नियन्त्रणमा केन्द्रित गर्न सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिनु भएको छ ।

‘अक्सिजनको सहज आपूर्तिमा ध्यान दिनुस्’ बादलले मन्त्रालयमा उच्च अधिकारीहरुलाई ब्रिफिङ गर्दै भन्नु भयो –‘निषेधाज्ञाको मौका छोपेर हुनसक्ने कालोबजारीमा सचेत हुनुस् ।’

 

,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu