Connect with us

आर्यघाटमा शव जलाउने कर्मचारीलाई भत्ताको ब्यवस्था :संस्कृति मन्त्री ढकाल

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ -कोभिड १९ संक्रमणबाट मृत्यु भएकाको शव जलाउने पशुपति आर्यघाटका कर्मचारीलाई प्रतिशव १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइने भएको छ ।

केपी ओली नेतृत्वको सरकारबाट पुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमै नियुक्त भएका भानुभक्त ढकालले पदभार ग्रहण गरेलगत्तै शुक्रबार यस्तो निर्णय गर्नु भएको हो । यो निर्णय पशुपति आर्यघाटमा मात्रै लागू हुनेछ ।

 

मन्त्रीको सचिवालयका अनुसार उनले यो कार्यकालको पहिलो निर्णय प्रोत्साहन भत्तास्वरूप एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गर्नु भएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बिहीबार प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनस् नियुक्त भहुनु भएको हो । उहाँले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।

यसअघि सरकारले कोरोना संक्रमणको उपचार तथा व्यवस्थापनमा खटिने फ्रन्टलाइनका कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गर्दा पशुपती आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी यो सुविधामा परेका थिएनन ।

 

पशुपति विकास कोषका अनुसार, आर्यघाटमा विद्युतीय शवदाह गृह जडान गरिएयता दैनिक डेढ दर्जन हाराहारीको संख्यामा दाहसंस्कार भएको थियो । तर मंगलबार त्यहाँका कर्मचारीले १ सय १० वटा शव जलाएका थिए । कोषले विद्युतीय शव दाहगृह क्षमता कम भएकाले त्यहाँ कार्यरत ३५ जना कर्मचारीले खुला ठाउँमा काठमा पनि शव जलाउने गरेका छन् ।

मन्त्री ढकालले शुक्रबारको निर्णय आफ्नो मन्त्रालयको सैद्धान्तिक निर्णय भएको बताउँदै अर्थको सहमतिपछि भत्ता वितरण हुने बताउनु भयो । यो निर्णय हाललाई पशुपती क्षेत्रका लागि भएको बताउँदै अन्यत्र पनि जोखिममा काम गर्नेले पाउनुपर्ने उहाँले बताउनु भयो ।

यसैबीच उहाँले कोरोना संक्रमणबाट मृत्यु हुनेका आफन्तजनले तिर्नुपर्ने दाहसंस्कारको रकम पनि मिनाहा गरिएको बताउनु भयो ।‘विद्युतीय शवदाह गृहमा जलाउँदा ५ हजार र बाहिर काठमा जलाउँदा १५ हजार शुल्क मृतकका परिवारजनले तिर्नुपर्ने नियम थियो कोरानाबाट मृत्यु हुनेका परिवारले यो रकम तिर्नुपर्दैन । पशुपति विकास कोषलाई सरकारले तिर्ने निर्णय हालै भइसकेको छ,’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu