Connect with us
Kapilvast Forest

शिवराजमा निषेधाज्ञामा थप कडाई,कोरोना जोखिम नियन्त्रण गर्न चेन ब्रेक गर्ने

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा निषेधाज्ञालाई थप कडाइ गर्दै कोरोना जोखिमलाई नियन्त्रण गर्न चेन ब्रेक गर्ने भएको छ । नगरमा कोरोण संक्रमित विरामीको संख्या बढ्दै गएकाले प्रशासनले जारीको गरेको निषेधाज्ञालाई पूर्ण पालन गर्न गराउन सम्बन्धित सबैले आफ्नो तहबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

 

जनप्रतिनिधी, इलाका प्रशासन कार्यालय , वडा प्रहरी कार्यालय चन्द्रौटा , उद्योग वाणिज्य संघ, र व्यापार संघ कपिलवस्तुको सयुक्त बैठकले कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञालाई कडाईका साथ पालन गर्न निर्णय गरेको हो । यस्तै अतिआवश्यकका पसलहरुकोे अनुगमन गर्ने ,स्वास्थ्य मापदण्ड पालन नगरेका व्यवसायिलाई कारबाहि गर्ने, मूल्यबृद्धि, कालोबजारी गर्ने, तोकिए भन्दा बाहेका खुल्ने पसलका संचालकलाई काबार्हि गर्ने निर्णय भएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।

तोकिएको समय बाहेक अन्य समयमा हिड्ने ,माक्स प्रयोग नगर्ने चोक चौराहमा जम्महुनेहरुलाई पनि कारबार्हि गरिने इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले बताउनु भयो । नगरमा कोरोना महामारीको जोखिम अतिउच्च भएकोले यसको नियन्त्रणका लागी निषेधाज्ञाको पूर्ण पालन गराउनु पर्ने भएकोले अब थप कडाइ गरिने जनाउनु भयो ।

छलफलमा कोरोना संक्रमितहरुको शव व्यवस्थापनाका लागि ठाँउको व्यवस्थापन जनप्रतिनिधीहरु संग सहकार्य गरिने र उचित स्थान छनौट गरिने शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनु भयो । प्रहरी एक्लैले कडाइ गरेर मात्रै नहुने हुदाँ जनप्रतिनिधी संघ संस्था, बुद्धिजीवी बर्गले समेत समन्वय गर्नु पर्ने वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख शंकर आचार्यले बताउनु भयो ।

बैठकमा व्यापार संघका केन्द्रिय सदस्य तथा व्यपार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, वडा नं. १,२,३,७,९ र १० का वडा अध्यक्षहरु जगत जिसी,राम बहादुर चौधरी, टेकलाल सापकोटा, अनुप चौधरी, चुरबहादुर खड्का, मन्जुदेवि मिश्र, कार्यपालिका सदस्य शान्ता सेन, चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu