सैनिक श्रीमति संघद्धारा कपिलवस्तु अस्पताललाई स्वास्थ्य सामाग्री
कपिलवस्तु -सैनिक श्रीमति संघकले कपिलस्तु अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्ररुपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम, प्रतिकार्य तथा नियन्त्रणकालागि संघले आवश्यक सर्जिकल सामाग्री उपलब्ध गराएको हो ।
नेपाली सेनाको २२ नम्बर बाहिनिपति सहयाक रथि टिकाराम गुरुङले सो सामाग्री प्रजिअ चक्रपाणी पाण्डेय मार्फत अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीलाई हस्तान्तरण गर्नु भएको हो ।
बुट ५० जारे, चस्मा ५० वटा, हेृड कभर २ सय, सु कभर २ सय ग्लोभ सय, मास्क ५० पिस, पिपिई ५०वटा, सर्जिकल ग्लोभ १२ वट्टा, मेडिकल मास्क १० वट्टा र सेनिटाईजर ५ किलटका ५ जर्किन उपलबध गराइएको हो । बाहिनीपति सहयारक रथी गुरुङले रात दिन खटिने स्वास्थ्य कर्मीलाई उपचारमा सहजता लइाउन सो सामाग्री उपलब्ध गराइएको बताउनु भयो । उहाँले नेपाली सेनाको पनि यो महामारी नियन्त्रणमा साथ रहने बताउनु भयो ।