कपिलवस्तु अस्पताललाई बुद्धुभुमीले ३ र सनसाईनले दियो १ लाख ११ हजार सहयोग
कपिलवस्तु –कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्यामा आए पछि बिभिन्न दाताहरुबाट कपिलस्तु अस्पताललाई सहयोग उठनेक्रम जारी छ । यसैक्रममा पत्रकार महासंघको पहलमा बुद्धभुमी नगरपालिका र सनसाईन समाजिक विकास संस्थाले अस्पतालाई आर्थिक सहयोग गरेका हुन ।
बुद्धभुमी नगरपालिकाले ३ लाख र सनसाईन समाजिक विकास केन्द्रले १ लाख ११ हजारको चेक कपिलवस्तु अस्पतालाई उपलब्ध गराएको छ । बुद्धभुमीको चेक महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले लिएर अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लालाई बुझाएका छन । सनसाईको चेक संस्थाका अध्यक्ष रामसेवक यादवले अस्पतालका डाक्टर गणेश क्षेत्रीलाई बुझाउनु भएको हो ।
मेयर श्रैष्ठले संकटमा परको अस्पताकाले ब्यवस्थापन, उपचार र सामाग्री खरिदमा सहयोगी हुने बताउनु भयो । उहाँले आवश्यक परको खण्डमा अस्पताललाई थप सहयागे गर्ने बताउनु भएको छ । अस्पताललाई अहिले सम्म महाराजगंज नगरपालिका बिजयनगर गाउपालिकार तिलौराकोट साझेदारीले पाच पाच लाख, यशोधराले ३ र मायोदेबीले २ लाख सहयोग गरेका छन ।
युवा नेता गोपीकृष्ण शर्माल चलाएको अभियानबाट साढे ७ लाख रकम बढी उठेको र त्यस मध्ये १५ वटा अक्सिजन सिलिन्डर खरिद गरी बुझाई सकेको छन । बाकी १५ वटा केही दिन मै बुझाउने शर्माले बताउनु भयो । यस्तै अधिकारकर्मी रबि ठाकुरले चलाएको महाभियानमा नगद तथा बिभिन्न स्वास्थ्य सामाग्री संकलन हुनेक्रम जारी छ । सहयोगी हात प्रति आभार ब्यक्त गर्दै संकटमा परको अस्पताललाई थप सहयोग गर्न अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लालो आग्रह गर्नु भएको छ ।