Connect with us
Kapilvast Forest

चीनले सगरमाथा आरोहणमा रोक लगायो

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ ।नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ ।चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।

महामारीका कारण गत वर्ष भने दुवै देशले सगरमाथा आरोहणको अनुमति दिएका थिएनन् । मे महिना सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । केही आरोहीले यो साता आरोहण गरेका छन् भने केहीले यो महिनाको अन्त्यमा आरोहण गर्ने अपेक्षा गरिएको छ ।

चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना बनाएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu