Connect with us
Kapilvast Forest

बुटवलमा थप चारजना संक्रमितको मृत्यु

२०७८, ३ जेष्ठ सोमबारमा प्रकाशित

corona-hospital-butwal

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।चारजना मध्ये २ जनाको अस्पतालको इमर्जेन्सी वार्डमा र २ जनाको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

वैशाख ३१ गते कोरोना संक्रमण पुष्टी भई जेठ २ गते अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका सैनामैना नगरपालिका १ का ३८ वर्षिय पुरुषको सोमबार बिहान ६:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

यस्तै वैशाख २० गते इमर्जेन्सी वार्डमै भर्ना भएकी सिद्धार्थनगर नगरपालिका १३ की ६५ वर्र्षकी महिलाको सोमबार बिहान ६।४५ मा मृत्यु भएको डा। गौतमले बताउनुभयो ।

यस्तै वैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएकी सैनामैना–१ की ७७ वर्षकी महिलाको जेठ २ गते दिउसो १।३५ बजे मृत्यु भएको छ । उनी वैशाख ३० गते धागो कारखानाको कोभिड अस्थायी अस्पताल भर्ना हुनुभएको थियो ।

यसैगरी वैशाख २८ गते कोारनो संक्रमण देखिएका बुटवल(३ का ५६ वर्षका पुरुष जेठ २ गते दिउसो कोरोना अस्पताल भर्ना भएकामा सोही दिन सांझ ७।५४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३५५ पुगेको छ ।