Connect with us
Kapilvast Forest

च्याम्पियनसिपको प्ले–अफ खेल सुरु, बर्नमाउथ र स्वान्सी विजयी

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

 

एजेन्सी-इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् ।

यो सिजनको च्याम्पियनसिपको उपाधि विजेता नरिच सिटी र उपविजेता वाट्फोर्ड प्रिमियर लिगमा बढुवा भईसकेका छन् ।तेस्रो देखि छैटो स्थानसम्म रहेका चार टोलीहरु ब्रेन्टफोर्ड, स्वान्सी सिटी, बानर््स्ले र बर्नमाउथ प्ले अफ्मा सहभागी छन् । यी चार मध्ये एक टोली प्रिमियरसिपमा बढुवा हुनेछ ।

प्ले अफ् पहिलो लेगको खेलमा गएराति बर्नमाउथले ब्रेन्टफोर्डलाई १–० ले हरायो ।अर्को खेलमा स्वान्सी सिटीले बार्न्स्लेमाथि १–० कै जित निकाल्यो ।

दोस्रो लेगको खेलपछि समग्रमा विजेता हुने टोलीहरुबिच च्याम्पियनसिपको फाईनल खेल हुनेछ ।उक्त खेलको विजेता प्रिमियर डिभिजनमा उक्लिन सफल हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu