Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा विश्वासको मत लिने तयारी

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गर्नु भएको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनु भयो । उहाँका अनुसार मिति टुंगो नलागे पनि चाँडै लिने गरी मन्त्रिपरिषद बैठकमा जानकारी गराएको बताउनु भयो ।

वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वास मत लिने तयारीमा आफू रहेको बताउनु भएको हो ।

अल्पमतको सरकार बनेपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका छन्। गत आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताउनु भएको थियो । उहाँले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताउनु भएको थियो ।

यस्तै बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu