Connect with us
Kapilvast Forest

नेकपा एमाले कार्यदलको औपचारिक बैठक ३ बजे बस्दै

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

 

 

काठमाडौं- सत्तारुढ नेकपा एमालेको पार्टी एकताबद्ध बनाउन गृहकार्यका लागि गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्दैछ । बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउदै लैजाने भन्ने विषयमा छलफल केन्द्रित रहने कार्यदलका संयोजक एवम् एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

पछिल्लो समय जेठ २ गते प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा सिहह्दरबारस्थित भएको भेटवार्तामा पार्टी अध्यक्ष ओली र नेता नेपाल पक्षका ५–५ जना सदस्यहरु कार्यदलमा हुनुहुन्छ ।

जसमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुषाल हुनुहुन्छ । उहाँहरुबीचमा दिउँसो पार्टी एकताबद्ध सम्बन्धमा छलफल गर्न पहिलो पटक औपचारिक बैठक बस्न लागेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu