कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं -कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ। बुधबार दिउँसो २स्३० मा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ।
संसद्बाट जेठ १५ गते बजेट पास गर्नुपर्ने संवैधानिक प्रावधान भएपनि अहिलेसम्म अधिवेशन आह्वान भएको छैन। प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्नु भएको थियो । संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो ।
ओलीले चाडै संसदबाट विश्वासको मत लिने चर्चा चलेपछि कांग्रेसले छलफल र आवश्यक रणनीति तय गर्न बैठक बोलाएको बुझिएको छ।