Connect with us
Kapilvast Forest

सरकार कपिलवस्तुको लागि बजेट खोई: सभापती आचार्य

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

file photo

सनिउल्ला धोबी,
कपिलवस्तु-  नेपाली कांग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको लागि अस्पताल निर्माण, कोभिड व्यवस्थापन तथा उपचार र अक्सिजन प्लान्ट निर्माणका रकम विनियोजन गर्न सरकारसगं माग गर्नु भएको छ । सरकारले अन्य जिल्लाको लागि धमाधम बजेट विनियोजीत गर्दा कपिवलवस्तुमा कुनै बजेट नपरेपछी सभापती आचार्यले यहाको बजेट कहा गयो सरकार भन्दै प्रश्न गर्नु भएको छ ।

सरकारले कपिलवस्तुलाई बजेट विनियोजन नगरेको भन्दै तत्काल स्वास्थ्य क्षेत्रको योजना तथा बजेट विनियोजनको लागि नेपाली काग्रेंस कपिलवस्तुका सभापती आचार्यले जोडदार रुपमा माग गर्नु भयो ।
कपिलवस्तुको लागि बजेट विनियोजित नगरको भन्दै काग्रेसको गम्भीर ध्यान आर्कषण भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो भएको छ ।  ६ लाख बढि जनसख्या भएको कपिलवस्तु भारतसंग पुरा खुल्ला सिमा जोडिएको यस जिल्लामा विश्वमा फैलिएको दोस्रो चरणको कारोना भाइरसको महामारि नियन्त्रण गर्न सरकारसगं माग गर्न भएको छ ।

जिल्लामा संयौ जनाको मुत्यू हुनुको साथै हजारौ संक्रमण भएको अवस्था छ । अक्सिजन तथा उपचार र अस्पतालमा बेड नपाएर जिल्ला बासि अकालमै ज्यान गुमाउन वाध्य रहेको अवस्था रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एउटै पार्टीका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा कपिलवस्तुकै प्रदेश सभा सदस्य लुम्बिनी प्रदेशका सामाजिक तथा शिक्षा मन्त्री भए पनि स्वास्थ्य क्षेत्रका बजेट तथा योजना जिल्लामा नपर्दा जिल्ला बासी जनता दुःखी भएका छन् । उपचार तथा उपचारको स्थान तथा साम्रगी र जनशक्ति नहुंदा जिलामा जनताहरु उपचार गर्न नपाएर मर्न बाध्य छन् ।

प्रेस विज्ञप्तीमा लेखीएको छ आगामि आर्थिक वर्षको लागि संघिय सरकारले कोभिड १९ तथा स्वास्थ्य क्षेत्रको बजेट विनियोजन गर्दा लुम्विनी प्रदेशका अन्य जिल्लामा स्वास्थ्य तथा कोरोना व्यवस्थापन तथा नियन्त्रणका लागि बजेट विनियोजन गर्दा कपिलवस्तुमा भने कोरोना तथा स्वास्थ्य क्षेत्रमा कुनै पनि बजेट विनियोजन गरेको छैन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu