Connect with us
Kapilvast Forest

जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

 

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

न्युज एजेन्सी नेपालसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आईसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिनुभउको छ ।

उनले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्ने चेतावनी दिनुभएको छ ।

‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ। तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन। स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसाबले अर्को घातक हुनसक्छ कि भन्‍ने डर छ।’

उहाँले भन्नुभयो , ‘हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ।’

उनले टोल टोलमा आईसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफूहरु चिन्तित बनेको बताउनुभयो । उहाँले आईसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौं। ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपूर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ । ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाहे हुन्छ।’

डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौती पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए।

‘अहिले पनि हामीसंग कोभिड १९ को उपचार नभईरहेको अवस्थामा हामीले संक्रमण रोक्ने किसिमका गतिविधि बढी गर्नुपर्ने हुन्छ । आईसोलेसनको सन्र्दभमा घरमा उपयुक्त किसिमको ठाउँ हुन्जेलसम्म, घरमै आईसोलेसनमा बस्नुपर्ने हुन्छ । त्यसरी नहुने र स्वास्थ्य जटिलताहरु हुने भयो भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुने खालका स्थानहरु र स्वास्थ्यमा समस्या हुनेवित्तिकै क्रिटिकल केयरको सेवा पाउन सक्ने खालका व्यवस्था गरेर मात्रै त्यस्ता सेन्टरहरु सञ्चालन गरिदिनुहुन हामी सबैलाई अनुरोध गर्छौं ।’

उनले भने, ‘हामीले यसरी सेन्टरहरु खोल्दै जाने, अक्सिजनको माग बढ्दै जाने, यसोहुदै जाँदा हामीलाई साच्चै क्रिटिकल केसमा अस्पतालमा व्यवस्थापन गर्ने अक्सिजन लगायत अरु सामाग्रीहरुमा निकै निकै चुनौतिपूर्ण हुँदै जाने अवस्था देखिएको छ । कृपया त्यसो नगरिदिनुहुन र क्रिटिकल केयरको उपचार हुने सुनिश्चित गरेर अस्पतालहरुको समन्वय हुने अवस्थामा र आईसोलेन सेन्टरहरुमा स्वास्थ्यकर्मीहरुको सुनिश्चितता हुने गरी मात्रै गरिदिनु हुन हामी अनुरोध गर्छौ ।’डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपील गरे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu