कोरोना नियन्त्रण गर्न कपिलवस्तुकालागि बजेट आवश्यक :कांग्रेस केन्द्रिय सदस्य कमाल
कपिलवस्तु –कांग्रेस केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले कोरोना संक्रमणको ब्यवस्थापन र स्वास्थ्य उपचारकालागि कपिलवस्तुकालागि पनि यशाशीघ्र बजेट बिनियोजन गरिनु पर्ने माग गर्नु भएको छ । उहाँले कोरोना महामारी नियन्त्रण र ब्यवस्थापनकालागि आवश्यक बजेट उपलब्ध गराउन संघीय र प्रदेश सरकारसंग जोडदार माग गर्नुृ भएको छ ।
अस्किसजन र स्वास्थ्य उपचारको अभावमा जिल्लामा अकालमा धेरैले ज्यान गुमाएको भन्दै यस्तो अवस्थामा पनि संघीय र प्रदेश सरकारले कपिलवस्तुकालागि बजेट बिनियोजन नगर्नू खेदजनक रहेको उनले बताउनुभएको छ । गुल्मी लगातयक अन्य जिल्लाहरुमा संघीय र प्रदेश सरकारले कोरोनाको ब्यवस्थापन, अक्सिजन प्लान्ट निर्माण, स्वास्थ्य सामाग्री खरिदमा बजेट बिनियोजन गरे पनि कपिलवस्तुलाई यस्तो संकटको बेला समेत उपेक्षित गरिएको बताउनुभयो ।
‘ कोरोना संक्रमितको संख्या जिल्ला दिनानुदिन बढदै छ, मृत्यु दरमा बढेको छ अक्सिजनको अभाव कायर्मै छ, बिरामीहरु बेड र उपचार नपाएर छ छटपटाई रहेका छन ’ केन्द्रिय सदस्य कमालले भन्नुभयो ‘ यस्तो बिषमा परिस्थितिमा समेत कपिलवस्तुलाइृ कुनैवास्ता राखिएको छैन ’ । नागरिक स्तरबाट केही रकम संकलन गरी जसातसो काम चलाउ गरिएको छ तर राज्यको नजरमा भने कपिलवस्तु परको छैन उहाँले भन्नुभयो ।
कपिलवस्तुमा सुबिधा संपन्न अस्पताल निर्माण, भएका अस्पतालको स्त्तोरोन्नती, मानीय श्रोत ब्यवस्थापन, स्वास्थ्य सामागी, अक्सिवन प्लान्ट लागतउका कुरा तत्कालै आवश्यक रहेको छ । लुम्बिीनी प्रदेश सरकारले कपिलवस्तुलाई २५ लाख दिने भने पनि अहिले सम्म पनि उपलबध नराएको भन्दै तत्कालै सो रकम उपलब्ध गराउन उनले माग गरेका छन ।
साथै कोरोना बिरुद्धको खोपको पनि चाडै ब्यवस्था गर्नु पर्ने उनले माग गरेका छन । उहाँले यस्तो बिषमा परिस्थतिमा सबै पार्टी, नागरिक सामाज लगातयत सबै एकबद्ध भई बिपत्तीको सामना गर्न उहाँले अपील गर्नु भएको छ । जिल्लामा सोमवार साझ सम्म १ सय ३१ जना कारोनास संक्रमितको मृत्यु भई स केको छ भने साढे १२ सय बढी सकृय कोरोना संक्रमित रहेका छन ।