एमाले कार्यदलको पहिलो बैठक सम्पन्न
काठमाडौं-एमाले कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको पहिलो बैठक सकिएको छ ।आजको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहित तत्काल निर्माण गरी लागु गर्ने निर्णय भएको छ ।
०७७ फागु २३ गते पुर्नगठन भएपछि देखिएका समस्या सन्दर्भमा छलफल गरी समाधान गर्न गठन भएको कार्यदलले पार्टीमा देखिएको समस्या समाधानकालागि सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको नेता भीम रावलले बताए । एक आपसमा अविश्वास, असहयोग र अन्रतविरोध सिर्जना हुने कामबाट अलग रहन आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकमा कार्यदलका दुई सदस्य विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित हुनुन्थ्यो । उहाँहरु काम विशेषले अनुपस्थित रहेको रावले बताउनुभययो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना नेता रहनुभएको छ । ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपाल पक्षको नेतृत्व भीम रावलले गर्नु भएको छ ।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभउको छ । यस्तै, नेपाल पक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहनुभएकाो छ ।