Connect with us
Kapilvast Forest

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको बुधवार (आज) ९३ वर्षकाे उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ । विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक हुनुभएका उहाँ राजदूत पनि हुनुहुन्थ्यो ।

बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्त्वपूर्ण योगदान गर्नुभएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो । प्रहरीको रासन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कुल बनाउनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरू स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्‍याउनुभएका उहाँ सङ्गठनको युगपुरुषका रूपमा स्थापित हुनुभएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वसांसद बरालको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu