Connect with us
Kapilvast Forest

आचारसंहिता मिच्नेको अभिलेख राखेका छौँ, आवश्यक परे कारबाही गर्छाैँ : निर्वाचन आयोग

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं– निर्वाचन आयोगले वाग्मतीमा प्रदेशमा बिहीवार (भोलि) हुने राष्ट्रिय सभा उपचुनावको सन्दर्भमा आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । जेठ ३ गते राति १२ बजेपछि मौन अवधि सुरु भएको र यस अवधिमा कुनै पनि हिसाबले प्रचारप्रसार नगर्न सचेत गराउँदा पनि केही व्यक्ति र सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चारमाध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहितासमेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ’, आयोगले भनेको छ ।

एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसकेको भन्दै आलोचना गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने आयोगको भनाइ छ । आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुन बमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्नेसमेत आयोगले चेतावनी दिएको छ ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘अतः निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयाेगले कानुन बमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ । निर्वाचन आचारसंहिता एक कानुनी आधार र नैतिक बन्धन पनि भएकाले त्यसकाे पालना गरी निर्वाचनलाई निष्पक्ष ढङ्गबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पुर्‍याइ दिनुहुन सम्बन्धित सबैमा आयोग पुनः अपिल गर्दछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu