महाराजगंजमा ल्याइएको नयाँ दुई एम्बुलेन्सबाट सेवा सुरु
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले २ एम्बुलेन्स खरिद गरि सन्चालनमा ल्याएको छ । कोभिड महामारीमा विरामिलाई सेवा दिनका लागि एम्बुलेन्स खरिद गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । महाराजगन्ज नगरपालिकाको ७ औं नगरसभाबाट रकम बिनियोजित गरि एम्बुलेन्स खरीद गरेको महाराजगन्ज नगरपालिका उपप्रमुख शुभावती कुर्मीले जानकारी दिनु भयो । सोमबार बिरगंज आइ पुगेको एम्बुलेन्स आज पालिकामा ल्याई सेवा प्रवाह गरिएको उपप्रमुख कुर्मीले बताउनु भयो । महाराजगन्ज नगरपालिकामा ४ एम्बुलेन्स रहेका छन ।