Connect with us
Kapilvast Forest

बाजुरामा रोपेको दुइ महिनामै स्याउ फल्न सुरु,कृषक खुशी

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

apple
प्रतिनिधिमुलक तस्विर

 

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा गत फागुनमा लगाएको नयाँ जातको स्याउ रोपेको दुइ महिनामै फलेपछि स्थानीमा निकै खुशी छाएको छ । गाँउपालिकाले त्यहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि विकास गर्नका लागि सधै बाँझो रहँदै आएको जमिनमा नयाँ प्रविधिको स्याउ खेती सुरु गर्दै आएको छ ।

गाउँपालिको कृषि विकास शाखाको प्राविधिक तथा कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहगोगमा २०७७ को फागुनमा रोपेको स्याउ २०७८ को वैशाखमै फल्नथालेपछि स्थानीयको मुहारमा खुशी छाएको हो ।

परीक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ लगाएको एक वर्ष भित्रै त्यसले राम्रो नतिजा दिएपछि पुःन स्याउ खेती गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

यो वर्षमा पनि फागुनमा गौमुल १, ३, र ४ वडाको बाँझो रहँदै आएको जमिनमा एक हजार ६ सय गोल्डेन जातको स्याउ रोप्नको गौमुल गाउँपालिकाको कृषि शाखा प्रमुख दिपेन्द्र सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो् , कृषि ज्ञान केन्द्र बाजुराबाट एक हजार र गाउँपालिकाबाट ६ सय गरी यो वर्षमा एक हजार ६ सय बोट लगाएको थियो ।

गौमुल गाउँपालिकाको १ अम्लिसमा दुइ सय ३ को धौलकाँडा दुइ सय र ४ को बाँस सैनमा एक हजार बोट गरी सोह्र सय गोल्डेन स्याउ रोपेको शाखा प्रमुख सार्कीले बताउनुभयो ।

इटाली र साइव्रेरियाबाट मनाङ् जिल्लाको एग्रोमनाङ्ग प्रालिले नेपालमा भित्र्याएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रोमनाङ्गलाई समन्वय गर्दै बाजुरामा यो स्याउ ल्याएको गौमुल गाउँपालिको कृषि विकास शाखाले जनाएको छ ।

समुन्द्री सतहदेखि १८ सय मिटरभन्दा माथि यो स्याउ फल्न सक्ने भएकोले गौमुलले परीक्षण गर्न ५ सय बोट बाजुरामा ल्याएर स्याउ खेती सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।

फुँजी, गाला र गोल्डेन जातको स्याउ अरुभन्दा ,बढी फल्ने , अरुको भन्दा बढी मूल्य पर्ने र पोषकतत्व पनि अरुभन्दा बढी हुने भएकोले यो स्याउ खेतीबाट याहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि हुने भएकोले गौमुलमा स्याउँ खेतीको सुरुवात गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताउनुभयो ।उहाँले भन्नुभयो, यो सँगै दुइ हजार ४ सय बोट ओखर खेती पनि सुरु गरेको छ । यो ओखर पनि लगाएको ४ महिनामै फल्न सुरु गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu