Connect with us
Kapilvast Forest

राष्ट्रियसभा सदस्यका लागि मतदान जारी ३३२ द्वारा मतदान, परिणाम आजै

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

 

हेटौँडा-राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको लागि भएको मतदान जारी छ ।दिउँसो १ः२० बजेसम्म कुल मतदाता ३४७ मध्ये ३३२ जनाले मतदाना गरिसक्नु भएको छहेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

मतदान स्थलमा राष्ट्रिय सभामा सदस्यको उम्मेदवारसमेत रहनुभएका गृहमन्त्री रामबहादुर बादल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको विशेष चहल पहल देखिन्थ्यो । वर्षाका बीच मतदाताहरु लामबद्ध भएर रुझ्दै मतदानमा सहभागी भएको मतदान स्थलमा देखिन्थ्यो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान शान्ति पूर्ण रुपमा भइरहेको जनाएको छ ।
दिउँसो १ः२० बजेसम्ममा प्रदेश सभा सदस्यका लागि तय भएको केन्द्र (क) मा ९५ जनाले मतदान गरिसक्नुभएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको केन्द्र (ख) मा २१२ जनाले मतदान गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस्तै, कोभिड १९ सुरक्षाका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न बनाइएको मतदान केन्द्र (ग) मा २५ जनाले मतदान गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले मतदान सुरुभएको केही बेरमा नै मतदान गर्नुभएको थियो । यस्तै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले मतदान गरिसक्नुभएको छ ।

निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।कोभिड १९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन गराइएको थियो ।उपनिर्वाचनमा नेकपा एमालेबाट बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu