६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हक ख्याल गरिएन:प्रभु साह
काठमाडौं- नेकपा एमालेका नेता प्रभु साहले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित र त्रुटिपूर्ण भएको बताएको छ ।
सर्वोच्च अदालतले बुधबार सात गैर सांसदलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै साह पनि सहरी विकास मन्त्रीबाट पदमुक्त हुनु भएको छ ।
एमाले नेता साहले सर्वोच्चको आदेश अप्रत्यासित भएको बताउनु भयो । जिम्मेवारपूर्ण ढंगले आदेश नआएको उहाँले बताउनु भयो । ‘म जनताबाट निर्वाचित सांसद हुँ । ६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हकलाई ख्याल गरिएन’ साहले भन्नु भयो ‘त्यसैले यो आदेश त्रुटिपूर्ण छ ।’