Connect with us
Kapilvast Forest

थापालाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

 

काठमाडौं-गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभामा बागमती प्रदेशको तर्फको रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा पराजीत हुनुभएको छ । उहाँ गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजीत हुनुभएको छ ।

निर्वाचनमा देवकोटाले ५०८८ मत पाप्त गर्नुभएको छ ।थापा एमालेको संस्थापन पक्षको उम्मेद्वार थिए ।देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको विरष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन थियो ।

थापा सर्वोच्च अदालतले माओवादी र एमालेलाई छुट्टाछुट्टै पार्टी बनाइदिएपछि एमालेतर्फ लाग्नुभएको थियो ।माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित थापा एमाले प्रवेश गरेपछि कारबाहीमा पनुभएको थियो ।

माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रियसभा सदस्य पद गएको थियो ।त्यही ठाँउमा भएको बिहीबार भएको उपनिर्वाचनमा एमालेको सस्थापनले थापालाई नै उम्मेदवार बनाएको थियो ।

एमालेकै नेता नेपाल समूहले डा. देवकोटा र नेमकिपाका कृष्णप्रसाद तामाङ उमेदवार बन्नुभयो ।३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए ।बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो ।थापालाई गृहमन्त्रीका रूपमा काम नगराउन सर्वोच्च अदालतले बिहीबारमात्रै अन्तरिम आदेश दिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu