Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकाले आईसियु सहितको एम्बुलेन्स किन्दै

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु नगरपालिकाकाले आईसियु जडित सुबिधा संपन्न एम्बुलेन्स खरिद गर्ने भएको छ । बिहीवार नगर कार्यपालिकाको बैठकले अहिलेको बिषम परिथितिलाई मध्यनजर गदै बिरामीको सुबिधाकालागि अत्याधुनिक एम्बुलेन्स किन्ने निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिनु भयो । ‘

जिल्लामा सुबिधा संपन्न एम्बुलेन्स नहुदा बिरामीहरुलाई अस्पताल पुरेयाउन समेत गाहूोृ परको हुने गरेको छ ’ मेयर सिंहले भन्नु भयो ‘ अहिलेको स्थिति र भबिक्ष्यालई ध्यान दिइ एम्बmुलेन्स किन्ने निर्णय गरेका हौ ’ ।

एम्बुलेन्स किन्नकालागि नगरपालिकाको सामाजिक विकास संयोजक प्रकाश गैरेकोे संयाजकत्वमा खरिद समिति निर्माण गरिएको छ । समितको सदस्यमा वडा अध्यक्ष सुदीप पौडेल, नागरिक अगुवा रबि ठाकुर, लेखा अधिकृत बलाराम न्यौपाने र इ्रन्जीनीयर राजेश सैनी रहनु भएको । समितिका संयोजक प्रकाश गैरेले सुबिधा संपन्न एम्बुलेन्स खरिदकालागि प्रकृयाअघि बढाउने बताउनु भयो ।

नगरपालिकाले अक्सिजन प्लानटकालागि छुट्टाएको रकमबाटै सो एम्बुलेन्स खरिद गर्न थालिकाएको हो । संघीय सरकारले कपिलवस्तु अस्पतालाई अक्सिजन प्लान्ट निर्माणकालगि ढेड करोड छुट्टाए पछि नगरपालिकाले आफुले छुट्टाएको एक करोड रकमबाट एम्बुलेन्स खरिद गर्न लागिएको हो । कोरोनो तेश्रो लहरकालागि अहिले देखि नै नगरपासिलका सजह रहेको र राहत बितरण तथा अन्य काम समेत नगरपालिकाले गर्ने मेयर सिंहले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu