खैरो हेरोइनसहित कैलालीबाट २ जना पक्राउ
कैलाली-भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।आरोपीहरुको साथबाट ४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।आरोपीलाई लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।