Connect with us
Kapilvast Forest

संघिय सांसद अभिषेक प्रताप शाह सवार गाडी दुम्कीबासमा दुर्घटना

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

नवलपरासी -प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी (१ दुम्कीबासमा दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनु भयो ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए ।
अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचाररत हुनुन्छ ।

दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा भए शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ ।उहाँ विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारीमा रहनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu