Connect with us
Kapilvast Forest

कोरोना : ७हजार८सय ९० संक्रमणमुक्त, ८हजार ६सय ७ संक्रमित १७७ जनाको मृत्यु

२०७८, ७ जेष्ठ शुक्रबारमा प्रकाशित

corona

काडमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट थप १७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८६०७ जना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो ।