Connect with us
Kapilvast Forest

ओली-देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन : राष्ट्रपति

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुगेको बताउनुभएको छ । प्रधानमन्त्रीका लागि दुवैले आज दाबी पेस गरेकोमा दाबी नपुगेको भन्दै राष्ट्रपति भण्डारीले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने देखिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीवार वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखिएको भन्दै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ को उपधारा (५) को प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको थिए । जसका लागि राष्ट्रपति भण्डारीले आज बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।

यस्तो छ विज्ञप्ति –

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu