राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो:कांग्रेस नेता लेखक
काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गर्नु भएको छ ।प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भएपनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताउनु भयो ।
उहाँले यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भोलि पार्टी नेताहरुबीच छलफल हुने उहाँले बताउनु भयो ।