चुनावका लागि घोषित मिति पूर्व नियोजित षड्यन्त्र हो: कांग्रेस प्रवक्ता
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाा पूर्व नियोजित षड्यन्त्र श्रृखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न शनिबार बैठक बोलाएको छ ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्नु भएको छ । त्यसअघि प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुबैको दाबी नपुगेको निर्णय सार्वजनिक गर्नु भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताउाु भयो । ‘सर्वोच्चले दबर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पथ्र्यो’ उहा्रँले भन्नु भयो ‘महामारीको तेस्रो लहरको आंकलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’
उहाँले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गर्नु भएको छ । संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उहाँले भन्नु भयो , ‘कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधाने कहाँ दिएको छ