मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो : कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको
बताएका छन् ।
डा. कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिले संविधान च्यातेको बताउनु भएको हो ।डा. कोइरालाले समाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन् ।
‘संविधानलाई समाप्त गर्ने काम भएको छ’ उहाँले टुइटरमा लेख्नुहुन्छ, ‘राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’
आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।
— Dr Shekhar Koirala (@Shekharnc) May 21, 2021