मध्यरातमा डकैती गरियो : वर्षमान पुन
काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई मध्यरातको डकैतीु को संज्ञा दिनु भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।मध्यरातमा डकैती गरियो र ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।
मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे/
— Barsha man Pun (@BarshamanPun1) May 21, 2021