दैलेखमा घर भत्किँदा एक महिलाकाे ज्यान गयाे
दैलेख – दैलेखको भैरवी गाउँपालिकामा वर्षाले घर भत्किँदा एक महिलाकाे ज्यान गएकाे छ ।लगातार परेकाे पानीका कारण घर भत्किँदा शुक्रवार आज बिहान भैरवी गाउँपालिकाको २ बालेसैनकी ६३ वर्षीया लक्ष्मी थापाकाे ज्यान गएकाे दैलेखका प्रहरी इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो ।
ढुङ्गा माटोले बनेको दुई तले कच्ची घरको अगाडिपट्टिको बरन्डा भत्केर खस्दा थापा घाइते हुनुभएकाे र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएकाे हाे ।