Connect with us

सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं- विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ । शनिबार अपरान्ह साढे ४ बजेपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा प्रारम्भिक छलफल भइरहेको छ । त्यो संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।

बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी गर्न प्रारम्भिक छलफलमा जुटिएको लेखकले  जानकारी दिनुभयो  । उहाँकाअनुसार भोलि नै सम्भवत सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिइने छ । प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेकाले सर्वोच्चले संसद पुनःस्थापना गर्ने पनि लेखकको दाबी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu