कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण , थप ३ जनाको मृत्यु,निशेधाज्ञा थप्ने तयारी
कपिलवस्तु -कपिलवस्तुमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका संक्रमित संगै जिल्लामा हाल एक हजार ३ सय ८६ सक्रिय संक्रमित रहेका छन । ।
जिल्लामा कोरोना भाइरस संक्रमणबाट शनिबार तीन जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–८ का ४२ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका– २ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै, यशोधरा गाउँपालिका–४ का ५५ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । उनीहरुको सदरमुकामस्थित तौलिहवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५२ पुगेको छ ।
त्यस्तै नयाँ भेरियन्टसहित कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको कपिलवस्तुमा थप एक हप्ता निशेधाज्ञा थपको तयारी थालिएको छ । गत बैशाख २१ गतेदेखि जिल्लामा दुई चरणमा गरी जेष्ठ १० गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा जारी छ ।निशेधाज्ञा बारे निर्णय लिन आइतबार (भोलि) जिल्ला प्रशासन कार्यालयमा बैठक आह्वान गरिएको छ ।