Connect with us
Kapilvast Forest

शिवराजमा दुर्घटना :मोटरसाइकल चालक घाइते

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

accident

चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ५बालापुर मोडमा आज मोटरसाइकल र ट्याक्टर ठोकिदाँ बाइक चालक घाइते भएका छन ।पूर्व बाट पश्चिम तिर जादै गरेको रा १ च २९७८ नम्बरको ट्याक्टर र सोहि दिशा तिर नै जादै गरेको लु ५ प ७८५५ नम्बर बाइक ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाइक चालक शिवराज चन्द्रौटा निवासी संजय राना घाइते भएको र थप उपचारको लागी बुटवल लगिएको चन्दैटा टाफिक प्रहरी प्रमुख हरि जिसीले बताउनु भयो । घाइते रानाको खुट्टा तथा टाउको चोट लागेको प्रहरीले जनाएको छ ।ट्याक्टर र चालक अहिले प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu