Connect with us
Kapilvast Forest

सिद्धबाबा सुरूङ मार्ग बनाउन टेन्डर आह्वान

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

बुटवल,-सिद्धार्थ राजमार्गको बुटवल(दोभान सडक खण्डमा सुरूङ मार्ग बनाउन सरकारले टेन्डर आह्वान गरेको छ।भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो।

गत वर्ष नै अर्थ मन्त्रालयले सुरूङ मार्ग बनाउन १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै र सोही बजेटको सीमाभित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको थियो। आइतबार ग्लोबल टेन्डर आह्वान गरिएपछि अब सुरूङ मार्ग निर्माण हुने पक्का भएको हो।

सडक विभागका उपमहानिर्देशक विजय जैसीले सिद्धबाबा सुरूङ मार्ग निर्माणका लागि आइतबार ग्लोबल टेन्डर आह्वान भएको र तोकिएको समयभित्रै टेन्डर खोली काम अगाडि बढाइने बताउनुभयो ।

‘सरकारले सुरूङ मार्गका लागि १० अर्ब १५ करोडको बजेट स्वीकृत गर्दै गत वर्ष नै ३३ करोड छुट्याएको थियो, तर टेन्डर हुन नसक्दा काम अगाडि बढाउन सकिएको थिएन। अब भने टेन्डर आह्वान भएकाले सुरूङ मार्गको काम अगाडि बढ्ने छ,’ जैसीले भन्नुभयो ।सुरूङ मार्ग बनेपछि धुले र हिलो पहिरोमा परी यात्रुहरूले उक्त सडक खण्डमा अकालमा ज्यान गुमाउने समस्याको अन्त्य हुने छ।

सुरूङ मार्ग निर्माणको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरूङ मार्ग निर्माणका काम गर्न ब्रेकथ्रु भएको भन्दै खुसी व्यक्त गर्नु भएको छ ।

‘टेन्डर आह्वान भएसँगै सुरूङ मार्ग बनाउने कामको मुखमा पुगेका छौं,’ उहाँले भन्नुभयो ।
माथिल्लो सिद्धबाबा मन्दिरदेखि सुरू हुने सुरूङ मार्गको डिजाइन स्वीस सरकारले गरेको र ११ सय २६ मिटरको हुने विभागका उपमहानिर्देशक जैसीले बताए। साथै माथिबाट ढुंगा झर्ने ३ किलोमिटर क्षेत्रमा रकनेट र जाली लगाउने कामसमेत स्वीकृत बजेटभित्रैबाट गरिनेछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu