Connect with us

बोधी टेलिभिजन र कुसुमा बुद्धधर्म संघद्वारा आधारभुत स्वास्थ्य सामाग्री प्रदान

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

 

कपिलवस्तु -कोरोना संक्रमणको रोकथामकालागि बोधी टेलिभिजन र कुसुमा बुद्धधर्म संघले कपिलवस्तुका बिभिन्न ८ निकाय र संस्थाहरुलाई च्यावनप्राास र आधारभुत स्वास्थ्य सामाग्री प्रदान गरेको छ । साझा प्रयास अभियानको सहकार्य र लुम्विनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पलहमा सो सामाग्री बाडिएको हो ।

तौलिहवा अस्पतालमा रहको कोरोना संक्रमितकालागि च्यावनप्रसास अस्पतालका डाक्टर अमुल्य पाठकलाई कोषका सदस्य ज्ञवालीले हस्तान्तरण गनुर्ए भएको थियो । यस्तै अन्य ७ संस्थाहरुलाई पाच पाच लिटर सेनिटाईजर र मास्क उपलब्ध गराइएको हो । नेपाल र सशस्त्र प्रहरी, तौलिहवा आखा अस्पताल, नेपाल परिवारनियोजन संघ, नेपाल रेडक्रस सासाईटी, बालमन्दिर, नेपाल बिद्यूत प्राधिकरण तौलिहवा बिरतण केन्द्र तथा पत्रकार महासंघ कपिलवस्तुलाई सो सामाग्री उपलब्ध गराइएको थियो ।

अभियानका संयोजक रबि ठाकुर दिनेश हमाल, जय प्रकाश पाण्डे, युवा नेता प्रकाश घिमिरे लगायतले सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला आ– आफनो क्षेत्रमा खटियर काम गरीरहेको संस्थालाई सो सामाग्री बाडिएको ज्ञवालीले बताउनु भयो । उहाँले सामाजिक उत्तरदायितव बहन गर्दै आफुहरुले यो कार्य अघि बढाइएको बताउनु भयो ।

उहाँले बिभिन्न स्वास्थ्य संस्थाहरुलाई आफुले थप सहयोग जुटाउने बताउनु भयो । अभियानका संयाजक ठाकुरले अभियानका सदस्यहरुले बिभिन्न दाताहरुबाट निरन्तर सहयोग जुटाउदै गएको बताउनु भयो । उहाँले कोरोना संक्रमणकालभर आफुहरुले अभियान जारी राख्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu