Connect with us
Kapilvast Forest

बहुदलमा निर्दलको माग गर्न अदालत गएछन :बाँस्कोटा

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौँ- प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएपछी नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्विट गर्दै “सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती (दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउने) अदालत गएछन।बहुदलमा निर्दलको माग ?” भन्नुभएको छ ।

पञ्चायत व्यबस्थाको झल्को दिनेगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,सोमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल, निरादेवी जैरू,सरलाकुमारी यादव,कल्याणी खड्का,लक्ष्मी चौधरी,कलिला खातुन,रामकुमारी झाँक्री,,पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट,नारायण खतिवडा सहित एमालेका २३ निवर्तमान सांसद आज सर्वोच्च अदालतमा रिट निवेदन दिन गएपछी बाँस्कोटाले ट्विट आएको हो ।

बाँस्कोटाको ट्विट