Connect with us
Kapilvast Forest

गोली प्रहारबाट घाइते पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-गत बुधबार राति गोली प्रहारबाट घाइते हुनुभएका नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सोमबार साँझ पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

–गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक छ । भैरहवा मेडिकल कलेजमा उहाँले अहिलेसम्म उपचार भैरहेको थियो । उहाँलाई थप उपचारका लागि काठमाडौं पठाइएको नेताहरुले बताएका छन् । कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले पाण्डेलाई लिन हेलिकप्टर पठाएको थियो ।

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं। ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए ।

गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन् । घटनाका अर्का अभियुक्त फरार छन् ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu