Connect with us
Kapilvast Forest

माटोको ढिस्कोले पुरिएर गोरखामा दुई जनाको ज्यान गयाे

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

गोरखा – गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीको भिरसिंह भन्ने ठाउँमा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरमा कम्पाउन्ड वाल बनाउने क्रममा सोमवार दिउँसो साढे ३ बजेतिर माटोको ढिस्कोले पुरिएर त्यही ठाउँका ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको ज्यान गएको हो ।

माटोको ढिस्कोमा पुरिएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । स्वास्थ्य केन्द्र पु¥याएलगत्तै डाक्टरले मृत्यु भइसकेको बताएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu