Connect with us
Kapilvast Forest

अस्पतालमा तत्काल अक्सिजन प्लाण्ट जोड्न मन्त्री आलेको निर्देशन

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

डोटी- केन्द्र सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिनुु भएको छ । जिल्लामा अक्सिजनको अभाव भएपछि केन्द्र सरकारले बजेट विनियोजन गरिसकेको भन्दै अक्सिजन प्लान्टको सञ्चालनमा विलम्ब नगर्न निर्देशन दिनुु भएको हो ।

मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गर्दै अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको बताउनु भएको छ ।

‘विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका बेला देशभर अक्सिजनको अभाव देखिएको छ’ मन्त्री आलेले भन्नुु भयो ‘डोटीमा पनि अक्सिजन अभावको कुरा पटक पटक आईरहेको छ, त्यसैले अक्सिजन प्लाण्ट तत्काल जडान गर्नुहोस् ।’ अक्सिजन प्लाण्टको लागि विनियोजित बजेटको सहि सदुपयोग गर्न आग्रह गर्दै अक्सिजन प्लाण्ट जोड्न सम्वन्धित निकायलाई छिटो काम थाल्न आग्रह गर्नु भयो ।

 

अक्सिजन लगायत महामारी नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामग्रीसहित सोमवार गृहजिल्ला डोटी पुगेका आलेले सरकार महामारी नियन्त्रणका लागि सक्रियतापूर्वक लागिरहेको वताउनुु भयो । ‘सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चालेको छ’ मन्त्री आलेले भन्नु भयो‘यतिबेला सवैले यो महामारीबिरुद्धको अभियानमा सरकारलाई सहयोग गर्न म आग्रह गर्दछु ।’

कोभिड रोकथामका लागि अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिँदै उच्च मनोबलका साथ काम गर्न समेत मन्त्री आलेले आग्रह गर्नु भयो ।उहाँले आफुले पनि सकेजति व्यक्तिगत रुपमा जनताको पक्षमा काम गरिहेको बताउनुु भयो ।

के–के आयो स्वास्थ्य सामग्री ?

मन्त्री आलेले ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडीयू शैय्या, एन्टिजेन किट, रेम्डेसिभिर, विभिन्न प्रकारका औषधि, स्यानिटाइजर लगायतका सामग्रीहरु डोटी पु¥याएका छन् ।

उहाँले उक्त सामग्री डोटी जिल्ला अस्पताल र स्थानीय तहहरुलाई हस्तान्तरण गर्नु भएको छ । जिल्ला अस्पताल डोटीलाई ३० ओटा अक्सिजन सिलिण्डर, १० लिटर स्यानिटाइजर, १२ ओटा एचडीयु बेड, ३० हजार सर्जीकल माक्स र एन्टिजेन किट हस्तान्तरण गरिएको छ ।

त्यस्तै, जिल्लाका नौवटै स्थानीय तहलाई पाँच÷पाँच ओटा अक्सिजन सिलिण्डर, दुई÷दुई ओटा एचडीयू बेड, र पाँच÷पाँच हजार सर्जिकल माक्स हस्तान्तरण गरिएको छ ।

जिल्लाका प्रत्यक वडालाई एक हजारका दरले ६५ हजार माक्स वितरण गरिएको हो । यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी र शिक्षकहरुलाई समेत मास्क उपलव्ध गराइएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu